×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार बढी, सक्रिय संक्रमितको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार बढी, सक्रिय संक्रमितको संख्या कति ?

Artha Sarokar

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ५७४ जना पुगेको छ । काठमाडौंमा १५ हजार १५६ जना, भक्तपुरमा एक हजार ६८५ जना र ललितपुरमा एक हजार ७३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा मात्रै सक्रिय कोरोना संक्रमितको नौ हजार २४३ जना छन् । जसमा काठमाडौंमा सात हजार ६५१ जना, ८८७ जना भक्तपुरमा र ललितपुरमा ७०५ जना छन् । हालसम्म देशैभर कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । भने कोरोना निको हुनेको संख्या ४९ हजार ९५४ जना छन् । देशैभर कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या १७ हजार ४१४ जना छन् । देशैभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ जना रहेका महाशाखाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी