×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ लाख नक्कली नेपाली नोटसहित बाराबाट दुईजना पक्राउ, थप अनुसन्धान हुँदै

LAXMI SUNRISE BANK
GLOBAL

१२ लाख नक्कली नेपाली नोटसहित बाराबाट दुईजना पक्राउ, थप अनुसन्धान हुँदै

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बारा । बारास्थित प्रहरीले १२ लाख भन्दा बढी नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ । भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली बाह्र लाख सोरहजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको छ । 
प्रहरीले पक्राउ परेकाहरुको साथबाट एक हजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फेला पारेको जनाएको छ । उनीहरुको साथमा रहेकोे पहेलो रंगको झोला भित्र रातो प्लाष्टिकमा नोट लुकाई छिपाई राखेको अवस्थामा चेकजाँचको क्रममा फेला परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेको प्रहरी प्रवक्ता मिश्राले बताएका छन । चोरीका मोबाइल खरीदबिक्री भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । 
साथै उनीहरुले प्रयोग गरेका बा.६४ प ९७०६ नं.को मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त नोट मोबाइल खरिदकर्ताहरुलाई दिई ३० थान मोबाइल लिई फरार भएको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् । 
पक्राउ दुबैजनालाई जिल्ला नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको तथा नक्कली नोट दिएर मोबाइल खरीदगरी फरारभएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी