काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ६ कम्पनीको ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार माउन्टेन इनर्जी नेपालको भएको छ । यस कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८ सय १४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको सेयर बजारमा सबैभन्दा बढी नाफा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो।यस अलवा बाराही हाइड्रोपावर, सनराइज ब्लुचिप फण्ड, गुडवील फाइनान्स, ग्रिन भेन्चर र नेपाल फाइनान्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एमाउन्टेन इनर्जी नेपालको भएको छ । यस कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८ सय १४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआरएन इन्फ्रास्ट्रकचर, सीइडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, गुर्खाज फाइनान्स र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो। कुथेली बुखरी स्माल हाइड्रोपावरमा यस्तो गिरावट आउँदा भगवती हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्