काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुलाई बक्यौता तिर्न पत्राचार गरेको छ । प्राधिकरणले विभिन्न उद्योगहरुको नाममा पत्र लेख्दै २०७२ माघदेखि २०७५ बैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता तिर्न ताकेता गरेको हो ।
प्राधिकरणले लेखेको पत्र अनुसार हाल प्राधिकरणले विद्युत प्रयोगबापत विभिन्न उद्योगहरुबाट ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ उठाउन बाँकी रहेको देखिएको छ ।
यसो त प्राधिकरण गत पुष ६ गतेदेखि नै डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता असुलीमा आक्रामक देखिएको छ । बक्यौता असुलीमा प्रधानमन्त्रीकै साथ पाएपछि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइनसमेत काटेको थियो । प्राधिकरण र उद्योगीबीचको विवाद उत्कर्षमा पुगेपछि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा पुष २४ गते जाँचबुझ आयोग गठन गरिएको थियो । सो आयोगले बैशाख २३ गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसमक्ष आफ्नो प्रतिवेदनसमेत पेश गरिसकेको छ ।
सोही प्रतिवेदनका आधारमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणलाई २०७२ माघदेखि २०७५ बैशाखसम्मको महसुल उठाउन निर्देशनसहितको पत्र दिइसकेको छ । मन्त्रालयको सोही पत्रका आधारमा प्राधिकरणले उद्योगहरुलाई बक्यौता तिर्न पत्राचार गरेको हो । तोकिएको समयभित्र बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्