- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ । आज थप एक हजार १७२ जनामा संक्रमण पुष्टी भएको छ । यससँगै कुल संक्रमितको संख्या ६७ हजार ९०४ पुगेको छ ।