
- अर्थ सरोकार सम्बाददाता
सिराहा । सिराहा जिल्ला कारागारमा एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना संक्रमण पुष्टी भएको कारागार प्रशासनले जनाएको छ। एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना संक्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख बबिता महतोले बताएकी छिन् । संक्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ।
कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छैन । संक्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि संक्रमण हुने जोखिम बढेको छ। एकैपटक ठूलो संख्यामा कैदीबन्दी संक्रमण देखिएपछि संक्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्