×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

२३ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १००० रुपैयाँले बढेर प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी