×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दुई जिब्रे’ मुकुलको भडास पोख्ने नाटक ! आर्थिक अनियमितताको दोष रविलाई, धोती कसको खुस्कियो ? (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘दुई जिब्रे’ मुकुलको भडास पोख्ने नाटक ! आर्थिक अनियमितताको दोष रविलाई, धोती कसको खुस्कियो ? (भिडियो)

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुकुल ढकाल नामधारी रास्वपाका पूर्व महामन्त्रीले गएको मे ५ मा सञ्जालमा लेखेका थिए, ‘प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला । तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन ।’ आज जुलाई १० मा आएर त्यही मुकुल भन्दैछन् सब रविले बिगारे । रविमाथी छानविन हुनुपर्छ । दुई जिब्रे हुनुको पनि हद हुन्छ नि, होइन र ? 

आफूले भनेको हुँदा, अवसर पाउँदा सब ठिक, अनि आफूलाई पार्टीले घोक्रेठ्याक लगाएपछि सब बेठिक ? यस्तो पनि हुन्छ राजनीति ? यस्तो पनि कतै इमान हुन्छ ? मुकुलले पत्रकार सम्मेलनका नाममा गरेको कुण्ठा सार्वजनिक कार्यक्रममा मुकुलको मुकुन्डो उत्रिएन र ?

मुकुल आए, मकै पड्केजसरी पड्किए । आफ्ना भडाँस पोखे । पत्रकार सम्मेलन भनेर बोलाए पनि पत्रकारलाई प्रश्न गर्न दिएनन् । पत्रकार प्रश्न गर्न खोज्दै थिए, उनी टाप कसे । उनको यो पारा देखेर धेरैलाई लाग्यो, यस्ता महामन्त्री हुँदा भन्दा त नभएकै ठिक रहेछ । बल्ल रास्वपा लयमा आउने भो । खासमा पार्टी बिग्रेको नै यस्ता महामन्त्री भएर रहेछ रास्वपामा । यस्ता महामन्त्री भएको पार्टी विवादित नहोस् पनि किन ? होइन र ? 

आज हरेक कुराको आर्थिक हिसाब माग्नेले हिजो किन चुप बसेको ? भाग नपाएर छटपटी भएपछि नाटक सुरु गरेको हो ? हिजो आफू हुँदा सब ठिक अनि आज आफूलाई निकालेपछी सब बेठिक भन्नु नैतिकताको कुन पाठमा पढाइन्छ मुकुलजी ? अलिकतिसरम गरेको भए हुन्थ्यो । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी