×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास सहकारी ठगी प्रकरणः अध्यक्ष थापा दम्पती पुर्पक्षका लागि जेल चलान, अन्यको खोजी हुँदै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृषि विकास सहकारी ठगी प्रकरणः अध्यक्ष थापा दम्पती पुर्पक्षका लागि जेल चलान, अन्यको खोजी हुँदै 

२८ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकर पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले दुवैजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । 

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असार १ गते पक्राउ गरेको थियो । 

तेजबिक्रमसजनासँगै प्रहरीले संस्थाका सदस्य भीमसेन महर्जन र सञ्जय सापकोटालाईसमेत पक्राउ गरेको थियो । जसमध्ये जिल्ला अदालत ललितपुरले भीमसेन महर्जनलाई १५ लाख र सञ्जय सापकोटालाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मुद्दा दायर गरेका १२ जनामध्ये अन्य ८ जना भने अझै फरार छन् । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी