
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लकडाउन हटेपछि पहिलो पटक हवाई यात्रादेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई सेवा शुरु भएसँगै सोमबार यात्रुहरु गन्तव्यतर्फ जादै । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि सोमबारबाट आन्तरिक हवाई सेवा शुरु भएको छ ।









