काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैँ तिहारका लागि नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले यसवर्षको दशैँ र तिहारलाई लक्षित गर्दै १० र १०० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार बैंकले पहिलो चरणमा राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड थान र १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्न लागेको छ ।
राष्ट्र बैंकले नयाँ नोटको डिजाइन, छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तराष्ट्रिय बोलकबोलसमेत आह्वान गरिसकेको छ ।
बोलकबोलमार्फत छनौटमा परेका र टेन्डर पाएका कम्पनीले स्वीकृतिको अधिकतम १ सय २० दिनभित्र नोट छपाई गरी ढुवानीसमेत गरिसक्नुपर्नेछ । आवेदक कम्पनीले धितोको रुपमा अधिकतम २ करोड २० लाख रुपैयाँ राख्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्