काठमाडौँ । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले यसपालिको मौद्रिक नीति विगतको भन्दा उत्साहजनक रहेको बताएकी छिन् । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेलगत्तै पोखरेलले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
उनले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगत सीमा यथावत् रहे पनि संस्थागत सेयर कर्जामा २० करोडको सीमा खारेज गरिनु बजारको पक्षमा रहेको बताइन् ।
शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति साबिकका वर्षहरुको भन्दा उत्साहजनक रहेको भन्दै उनले विगत ३ वर्षदेखि निरन्तर घटिरहेको सेयर बजारमा चालु आर्थिक वर्षको मौद्रिक नीतिले मल्हमपट्टी लगाउने प्रतिक्रिया दिएकी छिन् ।
‘आज सार्वजनिक मौद्रिक नीति साबिकका वर्षहरूको भन्दा उत्साह जनक रहेको पाइयो, विगत ३ वर्षदेखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आबको मौद्रिक नीतिले मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौँ ।’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्