Skip to content
LAXMI SUNRISE BANK

‘मौद्रिक नीति सकारात्मक छ, २० करोडको सीमा खारेज गरिनु स्वागतयोग्य छ’ : चन्द्र ढकाल (भिडियो)

अर्थ सरोकार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले  १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए । निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गर्दै उनले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताए ।

उनले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे । सेयर धितो कर्जामा संस्थागततर्फ २० करोडको सीमा खारेज हुनु पनि सकारात्मक रहेको उनको भनाई छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK