काठमाडौँ । ‘मिस माल्टा २०२४’ चेरिज स्पिटेरी नेपाल भ्रमणमा आइपुगेकी छिन् । सोमबार बिहान स्पिटेरीसहित कोर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु भ्रमणका लागि नेपाल आएका हुन् ।
उनीहरुलाई नेपाल पर्यटन बोर्डको अगुवाइमा ढाका टोपी र पञ्चेबाजाले स्वागत गरिएको छ ।
नेपालमा रहँदा मिस माल्टासहितको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक काम गर्नेछन् । साथै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमासमेत सहभागी हुने जनाइएको छ ।
नेपाल भ्रमणमा रहँदा उनीहरुले चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै डकुमेन्ट्रीसमेत बनाउने जनाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः