×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने, पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने, पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह

Artha Sarokar

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सोलुखुम्बु । सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशैँ अगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य शुरु हुने जानकारी दिइयो । 
आयोजनाबाट नगरपालिकाका वडा नं ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने लगानीकर्ता रमेशराज गौतमले जानकारी दिनुभयो । छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका थिए । स्थानीय नागरिकलाई खबरै नगरी सार्वजानिक सुनुवाइ गरिएको भन्दै सोलुदूधकुण्ड नगरपालिका-६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आपत्ती जनाउनु भएको थियो । 
आयोजनाको काम गत फागुनमा शुरु हुनुपर्ने भएपनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रति मेगावाट रु.१५ करोड लागत अनुमान गरिएको सो आयोजना सन् २०२३ को अगष्ट ३० मा सक्ने गरी सम्झौता गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलगायत बैंकको ऋण सहायता रहने बताइएको छ ।
नुम्बुर हिमालको काखबाट बग्ने सोलुखोलामा अहिले १९.२ मेगावाटको बेनी हाइड्रो पावर, ८२ मेगावाटको तल्लो सोलुखोला, २३.५ मेगावाटको माथिल्लो सोलु खोला र ८६ मेगावाटको सोलु दूधकोशी आयोजना निर्माण भइरहेको छ । उक्त आयोजनामध्ये २३.५ मेगावाटको माथिल्लो सोलु खोलाको काम सकिएको छ भने अन्य आयोजनाले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी