×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला स्वास्थ्य कार्यालयलाई २२ लाख ६४ हजार ७२८ बराबरको स्वास्थ्य सामग्री सहयोग

PRIME CA

जिल्ला स्वास्थ्य कार्यालयलाई २२ लाख ६४ हजार ७२८ बराबरको स्वास्थ्य सामग्री सहयोग

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

डोटी । वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले ती स्वास्थ्य सामग्री सहयोग गरीएको सिड नेपालले जनाएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: