×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट बाँकेमा सुर्खेतका कैदीबन्दीको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना संक्रमणबाट बाँकेमा सुर्खेतका कैदीबन्दीको मृत्यु

Artha Sarokar

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतका एक कैदीबन्दीको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत सुर्खेतका गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताएका हुन् । 
उनीमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको थियो । भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।
दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन् । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी