- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सुवाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत हुन् । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई कोरोना पुष्टी भएको हो ।
यसपछि उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।