×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोना भाइरसको अवस्था कस्तो छ ? (अपडेट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विश्वभर कोरोना भाइरसको अवस्था कस्तो छ ? (अपडेट)

Artha Sarokar

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददात
काठमाडौँ । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको जनाएको हो । 
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६१ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २५ लाख ८७ हजार ९०५ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोनाबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, ६७,४०३ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार ८२४ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघेको छ । 
ब्राजिलमा १,३६,५६५ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८६,७२४ जनाको मृत्यु भएको छ । रुस १०,९७,२५१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,६२,८६५ व्यक्ति सङ्क्रमित छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी