
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंकलाई विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउने खालका कर्जा प्रवाहका लागि आग्रह गर्नुभएको छ । बैंकको वीरेन्द्रनगर शाखाको आज उद्घाटन गर्दै उहाँले तल्लो वर्गका नागरिक बैंकिङ लाभबाट वञ्चित रहेको बताउनुभयो ।
उहाँले मुनाफा मात्रै नभई जोखिमयुक्त क्षेत्रमा लगानी गरेर नागरिकको जीवनस्तरमा सुधार ल्याउने कर्जामा लगानी गर्न सुझाव दिनुभयो । “बैंकिङ क्षेत्रमा वाणिज्य बैंकको आफ्नै गौरवमय इतिहास छ, मुनाफा र प्रशस्त प्रतिष्ठा आर्जन गरेको छ”, मन्त्री ज्वालाले भन्नुभयो, “अब बैंकले मुनाफा मात्र नभई सर्वसाधारण नागरिकको मन जित्न गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाहमा पनि ध्यान दिनु जरुरी छ ।”
प्रदेश राजधानी वीरेन्द्रनगरमा सेवाग्राहीको चाप बढेपछि बैंकले कर्णाली प्रदेशमा १९औँ शाखाका रुपमा यहाँ शाखा सञ्चालनमा ल्याएको हो । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारी, बैंकका प्रदेश प्रमुख रामबहादुर थापा, सुर्खेत शाखाप्रमुख लीलाराम ढुङ्गानालगायतको उपस्थिति थियो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्