
- अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेमा २१ प्रहरीसहित ६० जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयका २१ जना प्रहरीसहित शुक्रबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका १९ महिला र ४१ पुरुष गरी ६० जना रहेका छन् । श्रेष्ठका अनुसार उनीहरुलाई भदौ १८ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ९२ पुगेको छ । आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जनासमेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ४६ रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्