
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकले विशेष साधारणसभा असोज १९ गते बोलाएको छ । उक्त सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे जुमको माध्यमबाट सुरु हुनेछ । सभा प्रयोजनको लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने भएको छ ।
बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने विशेष प्रस्ताव पेश गर्न विशेष सभा बोलाइएको हो । सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक घटेपछि सर्वसाधारण सेयरधनीले प्रतिनिधित्व गर्ने सञ्चालक संख्या बढ्नेछ ।
हाल सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक रहेकामा अब बढाएर ३ जना पुर्याइएनेछ । बैंकको प्रबन्धपत्र र नियमावलीलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले सोही अनुसार प्रस्ताव पेश गर्ने भएको छ । त्यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्