- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् ।
देउवा बालुवाटार जाने भनिए पनि अहिले स्थगित गरिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाले भोलि कोरोनाको परीक्षण गराउने स्वकीय सचिव देउवाले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन् ।