
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बहराइनका राजकुमारसहित १८ जनाको टोली बुधबार नेपाल आइपुगेको छ । कोरोना कहराकैबिच मनास्लु र लोबुचे हिमाल आरोहण गर्न राजकुमारसहित १८ जनाको टोली आज काठमाडौं आइपुगेको हो ।
उक्त टोलीमा राजपरिवार सदस्य र तीनजना बेलायती नागरिक रहेका छन् । काठमाडौं आइपुगेका राजपरिवार सदस्य सहितको टोली मनास्लु र लोबुचे हिमाल आरोहण गर्नेछन् । बहराइनका राजपरिवारले पहिलोपटक हिमाल चढ्न लागेका हुन् । बहराइनबाट आएका टोलीलाई आज बिहान परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उक्त टोलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्ने जनाइएको छ ।
हिमाल आहरोहणका लागि आएको टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछि काठमाडौँबाट लुक्ला हेलिकप्टर र जहाजमा जानेछन् भने लोबुचे हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछन् । उनीहरु करिब २ महिना नेपाल बस्ने पर्यटन बोर्डले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्