
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १५२ जनाको परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज–४ की २६ वर्षीया, बहुदरमाई नगरपालिकाकी २१ वर्षीया महिला र ४७ वर्षीय पुरुष, पर्सागढी नगरपालिकाका ४१ वर्षीय पुरुष र नाारायणी अस्पतालमा उपचाररत ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालकै इर्जेन्सी वार्डबाट दुई जनाको स्वाब नमुना संकलन गरिएको थियो । उनीहरुको जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ । रौतहटको बागमतीका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बुधबार ५ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको छ । हालसम्म कोरोनका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार संक्रमित मध्ये १ हजार ८ सय ३७ जना निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्