Skip to content
LAXMI SUNRISE BANK

उपकार्यकारी निर्देशक कोइरालाले पाए प्राधिकरणको निमित्तको जिम्मेवारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइराला पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।

अर्को व्यवस्था नहुन्जेलसम्मका  लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आईबारबाट सकिएको थियो भने उनलाई हिजो प्राधिकरणका कर्मचारीहरुले औपचारिक रुपमै विदाई गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK