Skip to content
LAXMI SUNRISE BANK

अन्तत: हट्यो सेयर कर्जामा संस्थागततर्फ २० करोडको सीमा

अर्थ सरोकार

काठमाडौँ ।  मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् घोषणा गरेको उक्त व्यवस्था साउन १८ गते शुक्रबारदेखि कार्यान्वयन भएको हो ।

संस्थागततर्फको २० करोडको सीमा खारेज भए पनि व्यक्तिगततर्फको १५ करोडको क्याप भने यथावत रहेको राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ, ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुने छैन ।’

श्रावण ११ गते सार्वजनिक चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको सीमा खारेज गर्ने घोषणा गरेको थियो । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै सेयर लगानीकर्ता खुसी भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK