काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोद देव पन्तले सेयर बजारको साँढेले सगरमाथा चढ्न सुरु गरिसकेको बताएका छन् । अर्थ सरोकारको कार्यक्रम ‘स्टक चार्ट वीथ बिमोद देव पन्त’मा बोल्दै उनले यस्तो बताएका हुन् ।
बजारमा सेयर बजारबारे फरकफरक विश्लेषण भइरहेका बेला पन्तले यो समय बुलको भएको दाबी गरेका छन् ।
उनले सेयर बजारको सबैभन्दा बलियो मनोवैज्ञानिक बिन्दु २२०० कटेसँगै बजारले बुलिस लयको कन्फर्मेसन दिइसकेकोले अबको बजार यात्रा माथि नै भएको बताएका छन् । अहिले सेयर बजारको साँढे सगरमाथा चढ्न सुरु गरेको र बेसबाट माथि पुगिसकेकोले टुप्पो आउन अझै बाँकी भएको बताएका छन् ।
त्यस्तै, उनले बुल बजारमा बिना अध्ययन, आत्तिएर र हल्लाको पछि लागेर लगानी गर्दा डुबिने जोखिम अत्याधिक हुने भएकाले कुरा सबैको सुनेर तर लगानी अध्ययन गरेर मात्रै गर्न पनि लगानीकर्तालाई आग्रह गरेका छन् । पन्तसँग सेयर बजारको प्राविधिक पक्षका विषयमा गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः