×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

PRIME CA

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा.उदयनारायण सिंहले जनाकारी दिनुभयो ।
सोही दिन ती महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिनुभयो । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।-रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: