×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा अर्का वडाध्यक्षमा कोरोना संक्रमण पुष्टी, आइसोलेशनमा उपचार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL

विराटनगरमा अर्का वडाध्यक्षमा कोरोना संक्रमण पुष्टी, आइसोलेशनमा उपचार हुँदै

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । विराटनगर महानगरपालिकाका अर्का एक वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेमा संक्रमण पुष्टी भएको हो । यसअघि वडा नम्बर २ र ५ का अध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्यमा संक्रमण देखिएको थियो ।

अध्यक्ष न्यौपानेले पीसीआर रिपोर्टमा पोजेटिभ देखिएको हो । वडाध्यक्ष न्यौपानेले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनी चिकित्सकसँगको परामर्शपछि हाल होम आइसोलेशनमा रहेका छन् ।कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिन थालेपछि महानगरले पाँच दिनका लागि कार्यालयबाट प्रदान हुँदै आएका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी