काठमाडौँ । आम्दानी बढे पनि गत आर्थिक वर्षको चौथो त्रैमासमा सर्वोत्तम सिमेन्टको नाफा भने घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा १८.५१ प्रतिशतले घटेको हो ।
कम्पनीको असार मसान्तसम्म कुल १७ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी बढे पनि बिक्री लागत बढेका कारण नाफा घटेको हो ।
यसअवधिमा कम्पनीको आम्दानी भने बढेको छ । कम्पनीले असार मसान्तसम्म ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.४७ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल ५ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशतले घटेको छ भने अन्य आम्दानी २९८.९७ प्रतिशतले बढेको छ । यसअवधिमा कम्पनीको कुल खर्च १३.९८ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा कम्पनीको ईपीएस १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा झरेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्