×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ महिनापछी राहदानीसम्बन्धी सेवा पुनः सञ्चालनमा, अब अब पोखरा र झापाबाट पनि पाइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१ महिनापछी राहदानीसम्बन्धी सेवा पुनः सञ्चालनमा, अब अब पोखरा र झापाबाट पनि पाइने !

Artha Sarokar

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालनमा आएको छ । अध्यागमन विभागमा कार्यरत कर्मचारीमा कोरोनासंक्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आइतबारदेखि फेरि सुरु भएको हो ।

विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटकहरु नेपालमा अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्किन चाहेमा निःशुल्क राहदानी उपलब्ध गराउने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुको १५ दिनभित्र जरिवाना र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुनेछ । 
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने विभागका निर्देशक तिवारीले जनाकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी