काठमाडौँ । सेयर बजारका लगानीकर्ता एवम् चार्टर्ड एकाउन्टेन्ट (सिए) ऋषि पोखरेलले अहिले बजारमा देखिएको करेक्सन स्वभाविक करेक्सन भएको बताएका छन् । अर्थ सरोकार पोडकास्टमा कुराकानी गर्दै उनले अहिलेको करेक्सन सामान्य र स्वभाविक भएको बताएका हुन् ।
उनले विगतमा मार्केटको सिनारियो हेर्ने हो भने पनि हरेक पटको बुलमा यस्तै करेक्सन देखिएको भन्दै यो करेक्सनमा लगानीकर्ता आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् ।
‘यो मार्केटको क्यारेक्टर हो । मार्केट सँधै माथि वा तलमात्र जाँदैन । मार्केट माथि पनि जान्छ, तल पनि झर्छ । मुख्य कुरा यो बुल हो कि बियर छुट्याउनुपर्छ ।’, उनले भने, ‘अहिले बजार बुलिस लयमा छ । बुलमा हायर हाई बनाएको मार्केट अहिले हायर लो बनाउन तल झरेको हो, जुन स्वभाविक पनि हो ।’
त्यस्तै, नेपाली सेयर बजारमा लगानीकर्ताले किन्ने बेलामा किन्न नसक्ने र बेच्ने बेलामा बेच्न नसक्ने प्रवृत्तिका कारण हरेक पटक बुलमा अनुभव मात्रै कमाउने गरेको पनि पोखरेलले बताएका छन् । साथै उनले बजारमा कसैले भनिदिएको भरमा वा हल्लाको भरमा लगानी गर्नु घातक हुने भन्दै बजार बुझेर मात्र लगानी गर्न पनि आग्रह गरेका छन् ।
साथै, अहिलेको बजार देखिएको करेक्सन सामान्य करेक्सनबाहेक अरु केही नभएको भन्दै ‘२००० मा छुटेँ’ भन्नेहरुका लागि यो बेला अवसर भएको पनि उल्लेख गरेका छन् । सेयर बजारबारे पोखरेलसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्