×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लमजुङमा १६ सैनिकसहित २७ जनामा कोरोना पुष्टी, आइसोलेसनमा लैजाने तयारी हुँदै

GLOBAL IME BANK

लमजुङमा १६ सैनिकसहित २७ जनामा कोरोना पुष्टी, आइसोलेसनमा लैजाने तयारी हुँदै

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
लमजुङ । लमजुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार १६ जना सैनिकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । संक्रमित सैनिक सबै सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत रहेका उदिपुरस्थित श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले बताए ।
उनका अनुसार गत भदौ ६ गते पीसीआर परीक्षणका क्रममा उक्त तालिम केन्द्रका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा रहेका २२ जनामध्ये ६ जना कोरोना संक्रमण निको भएर फर्किसकेका छन् । कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: