- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७३ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्