×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको ठगि धन्दा बाहिरियो, हजारको बिटोभित्र ५०० रुपैयाँ राखेर यसरी गरियो ठगी…(भिडियोसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एभरेष्ट बैंकको ठगि धन्दा बाहिरियो, हजारको बिटोभित्र ५०० रुपैयाँ राखेर यसरी गरियो ठगी…(भिडियोसहित)

Artha Sarokar

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नै ग्राहकलाई ठगेको गरेको पाइएको छ । बैंकको कुपन्डोल शाखाले कोरोना कहरकाबिच पनि आफ्नै ग्राहकलाई ठगेको पाइएको हो । भदौ २६ गते एक लाख रुपैयाँ भुक्तानी लिन गएका एक सेवाग्राहीलाई बैंकले ९८ हजार रुपैयाँ मात्र दिएर पठाएको पाइएको हो ।

ती ग्राहकले १००० को १ बन्डल (सय थान) एक लाख रकम बैंकबाट लिँदा ४ वटा ५०० को नोट फेला परेको बताएका छन् । ती ग्राहकले एभरेष्ट बैंकले गरेको कैफियतबारेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । ती ग्राहकले भिडियो सार्वजनिक गर्दै भनेका छन् ‘हजारको बन्डल ५ सयको नोट मिसाएर १ लाख बनाएको छ, जम्मा ९८ हजार मात्र छ, कोरोना लागे पनि पैसा गनेर लिनुपर्ने अवस्था भइसक्यो ।’

उक्त भिडियो बाहिरिएसंगै अधिकांशले बैंकका कर्मचारीको नियतमाथि प्रश्न उठाएका छन् । यसो त अहिले कोरोनाका कारण आम मानिसहरु आर्थिक संकटमा छन् । यसै बेला बैंकहरुले भने ग्राहकहरुलाई ठगिरहेका छन् । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी