×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेशनल डे कन्सर्ट’को भव्य तयारी… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

‘नेशनल डे कन्सर्ट’को भव्य तयारी… (फोटो-कथा)

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संविधान दिवसको दिन दरबारमार्गमा हुने ‘नेशनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ । असोज ३ गते हुने कन्सर्टको लागि तयारी सुरू भएसंगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी