×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाइकोको मनपरीबारे चौतर्फी प्रश्न उठेपछि नेप्से पुगे अर्थमन्त्री, बजार घटेको बारे चासो

LAXMI SUNRISE BANK
GLOBAL

वाइकोको मनपरीबारे चौतर्फी प्रश्न उठेपछि नेप्से पुगे अर्थमन्त्री, बजार घटेको बारे चासो

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाईकोको मनपरी बारे चौतर्फी प्रश्न उठेपछि अर्थमन्त्री बिष्णु पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यलयमा पुगेका छन् । बुधबार राजस्व सचिव, धितोपत्र बोर्डका अध्यक्ष, अर्थ मन्त्रालयअन्तर्गत सम्बन्धित विभागका सहसचिवलगायतको टोलीसहित अर्थमन्त्री नेप्सेको कार्यलय पुगेका हुन् ।

उनले नेप्सेको कारोबार प्रणाली टिएमएसमा समस्या आएको बारे प्रश्न गरेका थिए । केहि दिन अघि मात्र वाइकोले विभिन्न ब्रोकरलाई दिएको सफ्टवेयर मध्ये एक ब्रोकरको सफ्ट वेयर ‘बोस’ ह्याक भएको प्रति उनले ध्यानआकर्षण गरेका थिए ।

त्यस्तै, उनले अहिलेको प्रणालीमा सेयर कारोबारको गोपनीयता आवश्यक रहेको बताउँदै सामाजिक संजाल प्रयोग गरी इन्साइडर ट्रेडिङ र जालझेल भएको कुरा पत्ता लगाएर कारबाही गर्न निर्देशनसमेत दिएका थिए ।

अर्थमन्त्री पौडेलले ३ हजार बिन्दुमा पुगेको बजार र ३० अर्बको कारोबार देखिएको सेयर बजार यसरी किन घट्यो ? भन्दौ प्रश्न राखेका थिए । ‘एकपटक ३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ उनले प्रश्न गरे, ‘३०४० को बिन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्यो यसको जवाफ मलाई चाहियो ।’

त्यस्तै, उनले लगानीकर्ताले अहिलेको सरकारलाई विश्वास गरेको र यो विश्वासलाई टिकाउन सरकार बजार सुधारका पक्षमा रहेको जानकारी दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी