×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

आजदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने… (फोटो-कथा)

३ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आजदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने भएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरा सर्वसाधारणले चढ्न पाउने भएका हुन् ।

तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्धघाटन गरेको धरहरा आज पुन: उद्धघाटन गरी संचालनमा ल्याईएको हो । तर, धरहरा सर्वाधरणका लागि खुला गरे तापनि धरहराको कतिपय काम नै बाँकी रहेको छ ।

२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टीनको छाना हालेर राखिएको छ । यो आयोजना  पुनःनिर्माण प्राधिकरणको समय सीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालयमातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।

हाललाई धरहरा चढ्न शुल्क तिर्नु पर्दैन भने एक दिनमा ५०० जनालाई मात्र चढ्न दिने जनाईएको छ । धरहरा चढ्न अनलाइन बुकिङ गर्नु पर्नेछ भने फरक क्षमाता भएकाहरुलाई दिनको १०० वटा कोटा छुट्याईएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी