×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

LAXMI SUNRISE BANK

१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ सय रुपैयाँले बढेर एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३४ हजार ६ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी