×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमा झण्डै साढे ११ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्त्ता पुँजी, वाणिज्य बैंकहरुको ३ खर्ब ७९ अर्ब नाघ्यो

LAXMI SUNRISE BANK

एक वर्षमा झण्डै साढे ११ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्त्ता पुँजी, वाणिज्य बैंकहरुको ३ खर्ब ७९ अर्ब नाघ्यो

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको चुक्त्ता पुँजी झण्डै साढे ११ अर्ब रुपैयाँले  बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ११ अर्ब  २८ करोड ८० लाख रुपैयाँले बढेको हो ।

चालु आर्थिक वर्षको साउनसम्ममा बैंकहरुको चुक्ता पुँजी ११ अर्ब  २८ करोड ८० लाख रुपैयाँले बढेर ४ खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

एक वर्षमा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ९ अर्ब १६ करोड ३० लाख रुपैयाँले बढेर ३ खर्ब ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ३ खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ थियो ।

त्यस्तै, विकास बैंकहरुको चुक्त्ता पुँजी १ अर्ब ९६ करोड ४० लाखले बढेर ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुको चुक्त्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरुको चुक्त्ता पुँजी १५ अर्ब २१ करोड ७० लाख रुपैयाँबाट बढेर १५ अर्ब २१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी