×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १७ सय रुपैयाँ बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १७ सय रुपैयाँ बढ्यो

६ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर एक लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३६ हजार एक सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी