×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड

७ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुनको मूल्यले रेकर्ड माथि रेकर्ड बनाएको छ । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३६ हजार ४ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४६ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी