
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारणसभा असोज १६ गते हुने भएको छ । बैंकले सभा स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउसो १ बजे बोलाएको हो । बैंकले सभामा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
बैंकले यसअघिकै सभाले नै पारित गरिसकेको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिएको भएको हो । साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनसहित २०७६ असार मसान्तसम्मको वासलातलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
अहिले बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेकोमा हकप्रदजारी पछि भने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ । सभा प्रयोजनको लागि बैंकले असोज ८ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गर्नेछ । जसकारण असोज ७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्