×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर क्षति हुँदा दशैँ मनाउँदै यति !, बाटो बिग्रेको मौका छोपेर हवाई भाडा दोब्बर बढाइयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देशभर क्षति हुँदा दशैँ मनाउँदै यति !, बाटो बिग्रेको मौका छोपेर हवाई भाडा दोब्बर बढाइयो !

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँको मुखमा देशभर बाढी पहिरोले वितण्डा मच्चाउँदा हवाई भाडा दोब्बरले महँगिएको छ । सडक अवरुद्ध भएको मौका छोपेर हवाई भाडा दोब्बरले बढाएको पाइएको हो ।

अधिकांश एयरलाइन्सले हवाई भाडा बढाएको गुनासो बढ्न थालेको छ । सबै एयरलाइन्सले केही मात्रामा भाडा बढाएपनि यति एयरलाइन्सले भने भाडा दोब्बरले बढाएको छ ।

देशको मुख्य राजमार्ग नै अवरुद्ध हुँदा हवाई उडानमा चाप देखिएको छ । काठमाडौँ जोड्ने सबै सडक ठप्प हुँदा दशैँमा गाउँ घर जाने यात्रुले हवाई यात्रालाई प्राथामिकतामा राखेका छन् ।  

पछिल्लो तिन दिनयता नियमित वर्षा हुँदा उडान नियमित समेत हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । जसका कारण यात्रुले टिकट पाउनै पनि मुस्किल भएको छ । टिकट पाइहाले पनि दोब्बर शुल्क तिर्नु परेको यात्रुहरूले गुनासो गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी