Skip to content
LAXMI SUNRISE BANK

खोलाले डुबाएपछि पनौति हाइड्रोपावरको उत्पादन बन्द

अर्थ सरोकार

काठमाडौँ । पनौती हाइड्रोपावरको उत्पादन बन्द भएको छ । अविरल झरीका कारण आएको बाढीले विद्युत उत्पादन गृहमा क्षति पुर्याएपछि पनौती हाइड्रोपावरको उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

आयोजनाका लागि प्रयोग भएको ड्याम क्षेत्र रोशी खोलाको धार परिवर्तन भएपछि उत्पादन पूर्ण रुपमा बन्द भएको छ । 

खोलालाई पुनः पुरानै धारमा ल्याउन समय लाग्ने भएपछि उत्पादन अनिश्चित भएको छ । त्यस्तै, खोलामा आएको बाढी र आयोजनाको विद्युत उत्पादन केन्द्रको भवन रहेको दुवैतर्फ गएको पहिरो हाइड्रोपावरको विद्युत उत्पादन गृह भित्रै पसेपछि आयोजनाको उपकरणमासमेत क्षति पुगेको छ । 

हाइड्रोपावरको पुननिर्माणमा समय लाग्ने भएकाले तत्कालै विद्युत उत्पादन सम्भव नरहेको बताइएको छ । पनौती जलविद्युत आयोजना नेपालमा निर्माण भएको तेस्रो जलविद्युत आयोजना हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK