काठमाडौँ । दशैँका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका च्याङ्ग्रा काठमाडौँ ल्याएका छन् । दशैँलाई लक्षित गर्दै बिक्रीका लागि कलंकी खसी बजारमा मुस्ताङदेखि च्याङ्ग्रा ल्याइएको हो । बुधबार मात्रै (पहिलो दिन) मुस्ताङदेखि ७९ वटा च्याङ्ग्रा काठमाडौँ ल्याइएको छ ।
बिक्रीका लागि च्याङ्ग्रा ल्याउने क्रम अझै बढ्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार हाल जिउँदो च्याङ्ग्रा प्रतिकिलो १३ सय रुपैयाँमा बिक्री भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः