×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीका कारण लाखौँको आलु कुहियो, सद्दे आलु सुकाएर महँगोमा बेच्ने तयारी ! (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झरीका कारण लाखौँको आलु कुहियो, सद्दे आलु सुकाएर महँगोमा बेच्ने तयारी ! (तस्विरहरु) 

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । असोज १० र ११ गते लगातार परेको झरीका कारण सडक अवरुद्ध हुँदा ढुवानी गरिएका आलु बाटोमै कुहिएका छन् । खासगरी भारतबाट आयात गरिएका आलु समयमा ढुवानी नहुँदा र पानीले भिजेपछि अधिकांश आलु बाटोमै कुहिएका हुन् । 

अहिले व्यापारीहरुले केही सद्दे आलु घाममा सुकाउन थालेका छन् ।  

झरीले भिजाएका आलु समयमै सुकाउन नपाएपछि लाखौँ मूल्य बराबरको आलु कुहिएर खेर गएको व्यापारीहरुले बताएका छन् । हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा ढुवानी गरिएका आलुहरुमध्ये कुहिएका आलु फाल्ने र सद्दे आलु सुकाउने काम भइरहेको छ । 

यसो त नेपालमा भारतको गुजरात र पञ्जाब लगायतका शहरबाट आलु आयात हुँदै आएको छ । यसरी आयात गरिने आलु प्रतिकेजी ५७ देखि ५८ रुपैयाँ पर्छ । तर, अधिकांश आलु बाटोमै कुहिँदा लाखौँको घाटा भएपछि घाटा सन्तुलन गर्नका लागि अहिले आलुको बजार मूल्य महँगिएको व्यापारीहरुको भनाई छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी