×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसपालिको दशैँ बजारः ‘सेल’मा भीड, मलहरु सुनसान, कतै व्यापारी फुर्सदिला, कतै भ्याइनभ्याई… (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यसपालिको दशैँ बजारः ‘सेल’मा भीड, मलहरु सुनसान, कतै व्यापारी फुर्सदिला, कतै भ्याइनभ्याई… (तस्विरहरु) 

२२ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यसवर्ष असोज २६ गते (शनिबार) दशैँको टिका छ । 

दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम बढेको छ । जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरु किन्न बजारमा उल्लेख्य भीड छ । साथै दशैँका लागि आवश्यक अन्य सामग्रीहरु किन्नका लागि पनि मानिसहरु घर बाहिर निस्किएका छन् । 

केही कार्यालयहरु बन्द भइसकेका छन्, जसकारण पनि घरबार बाहिरि निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ । त्यसैले काठमाडौँको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ । 

तर, यसपालिको दशैँ बजार अलि बुझ्न गाह्रो छ । यसपालि न्युरोडमा देखिने अधिकांश भीड सेल र खुद्रा पसलमा देखिएका छन् । सपिङ गर्नेहरुले खचाखच भरिएको न्युरोडमा त्यहीँ मलहरु भने सुनसान छन् । अझ यतिसम्म कि किनमेलका लागि ग्राहक नआउँदा मलका व्यापारीहरु दिनभर मोबाइल चलाएर दिन कटाउन बाध्य छन् । तर, त्यहीँ सेल र खुद्रा पसलमा भने व्यापारीहरुलाई भ्याइनभ्याई छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी