×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापार र सेयरको कमाइबाट चन्दा दिएर मीनबहादुरको धन्दा- ‘सबैजसो ठूला पार्टीले लिएका छन् मोटो रकम’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

व्यापार र सेयरको कमाइबाट चन्दा दिएर मीनबहादुरको धन्दा- ‘सबैजसो ठूला पार्टीले लिएका छन् मोटो रकम’

Artha Sarokar

४ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यतिबेला व्यापारी मीन बहादुर गुरुङले नेकपा एमालेलाई अर्बौं पर्ने जग्गा दानमा दिएको विषय चर्चामा छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएकाले पार्टीलाई जग्गा दान दिएको र भवन पनि निर्माण गरिदिने दाबी गुरुङको छ । यस विषयमा अहिले एमालेभित्र पनि बहस छेडिएको छ । विवादित व्यापारीबाट अरबौँको जग्गा लिने काम ठिक वा बेठिक भन्ने कोणबाट बहस सुरु भइरहँदा मीनबहादुरले एमालेलाई मात्र होइन अन्य पार्टीलाई पनि ठुलो परिमाणमा चन्दा दिएको पाइएको छ ।

सबै पार्टीलाई मीन बहादुरको चन्दा 

मीन बहादुरले सबैभन्दा बढी चन्दा नेकपा एमालेलाई दिने गरेको पाइएको छ । आफूलाई पछिल्लो समय एमाले भन्न रुचाउने गुरुङले अघिल्लो निर्वाचनमा पनि विभिन्न रूपमा एमालेलाई ठुलो रकम चन्दा दिएको उनी टिकटहरू बताउँछन् । ‘यति उति त भन्ने कुरा भएन । तर ठुला नेतादेखि तल नजिकका केहि तल्लो तहका नेताहरुलाई नै गुरुङले ठुलो चन्दा दिएका छन् ।’ गुरुङ निकट स्रोतले भन्यो, ‘चन्दा दिने कुरामा सायद गुरुङ सर नै सबैभन्दा माथि हुनुहुन्छ होला । उहाँले एमालेलाई मात्र होइन सबै ठुला पार्टीलाई चन्दा दिनुहुन्छ ।’

गुरुङले एमालेसहित काँग्रेस, माओवादी र केही नयाँ दललाई समेत चन्दा दिएको गुरुङ निकट स्रोतको दाबी छ । ‘एमालेले गुरुङबाट चन्दा लिएको भनेर विरोध गरिरहेका अधिकांश पार्टीमा भाटभटेनीका सञ्चालक सरबाट चन्दा गएको छ ।’

यसो त गुरुङले केही नेताहरूको ऋण नै तिरिदिएको तथ्य पनि बाहिर आएका छन् । त्यस्ता हिसाबलाई पनि गुरुङले चन्दाकै रुपमा लिएर ‘लिन नपर्ने’ लिस्टमा राखेको उनी निकट स्रोतको दाबी छ । ‘कतिलाई एक्स्पोज हुँदा गाह्रो हुने डरले ऋण हो भन्ने देखाउन कागज गरिएको छ । यद्यपि आन्तरिक हिसाबमा त्यसलाई चन्दाकै रुपमा राखिने गरिएको छ ।’

चन्दाको स्रोत के हो ?

मीनबहादुर भाटभटेनीका साहु हुन् । उनको कम्पनीले कर छलेर पनि राम्रो पैसा कमाउँछ । व्यापार गरेर त यसै राम्रो पैसा कमाउने नै भयो । यसअलावा गुरुङले ठुलो परिमाणमा सेयर कारोबार गर्छन् । उनी बजारका ठूला खेलाडीसमेत हुन् । बजारमा अरबौँको लगानी गरेर त्यसबाट मनग्य पैसा कमाएका उनी वार्षिक रुपमा बजार निकै तल हुँदा पनि राम्रो पैसा कमाएका सेयर कारोबारी मानिन्छन् । 

यसअलावा उनका अरु व्यापारहरू पनि छन्, जहाँबाट उनले निकै मोटो रकम कमाउँछन् । कमाएको पैसामध्ये ठुलो रकम ‘पोलिटिकल मेनेजमेन्ट’ भन्दै  खर्च गर्ने उनले राजनीतिक व्यक्ति तथा पार्टी व्यवस्थापनका लागि वार्षिक अर्बौं खर्च गर्ने गरेको उनी टिकटहरू बताउँछन् ।

यसो त मीननबहादुर स्वयम् पनि आफू एमालेको कार्यकर्ता रहेको तर मान्छे सबैको रहेको दाबी गर्छन् । उनले विभिन्न सार्वजनिक अभिव्यक्ति दिने क्रममा यस्तो बताएका छन् । केहि दिन अघि पनि एक टेलिभिजन कार्यक्रममा पनि उनले यस्तो अभिव्यक्ति दिएका थिए ।   

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी